
दाङ,२६ असार । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले सपना हजार गीति एल्बमको समीक्षा गरिएको छ ।
परिषद् दाङ शाखाले भर्चुअल जुममार्फत सप्तरङ्गी अक्षरयात्रा –२०७८ को सातौँ कार्यक्रम अन्तर्गत १७८ औं शृङ्खलामा कृति समीक्षा गरेको हो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ गीतकार एवं समालोचक प्रा।डा। कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा सपना हजार गीति एल्बमको समीक्षा गायकरसविधानविद् डा भीमार्जुन आचार्य (अर्जुन मिलन) र कवि तथा संचारकर्मी डा नवराज लम्साल गर्नु भएको थियो ।
एल्बममा गीतकार एवं गजलकार डा केशव शर्माको शब्द र विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । उक्त कार्यक्रममा स्रष्टा डा केशव शर्मा, संगीतकार सन्तोष श्रेष्ठ र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालले आफ्नो भनाईसहित मन्तब्य व्यक्त गर्नु भएको थियो ।
जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय तथा विभिन्न जिल्ला शाखाका पदाधिकारी एवं सल्लाहकारको समेत सहभागीता रहेको थियो । “सप्तरङ्गी अक्षरयात्रा – २०७८” का कार्यक्रममा देशका विभिन्न जिल्ला तथा अन्तर्राष्ट्रिय रूपमा समेत नियमित रूपमा सहभागीता रहेको थियो ।
जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा साहित्यकारहरू डा अमर गिरी, मनोहर लामिछाने, पुरूषोत्तम खनाल, पदमप्रसाद शर्मा, डा मधुसूदन लामिछाने, नारायण नेपाल, रमेश क्षितिज, नरेशजङ्ग राणा, टिकाराम उदासी,डा।कृष्णराज डिसी, डा अवि अधिकारी, डा केशव शर्मा, रमेश सुवेदी, डा लोकराज पराजुली, डा। नेत्र एटम, केशवराज देबकोटा, डा प्रेम योगी, खेमराज मल्ल, राज बाबु श्रेष्ठ सागर, हरी पोख्रेल, निमबहादुर थापा, अर्जुन नेपाल, डिल्लीराज श्रीधर, डा हिमलाल पन्थी, दामोदर पौडेल, पुर्ण वली ओमकुमारी बजरा रानाभाट, श्रीधर शर्मा, किशोरचन्द्र गौतम, आदर्श खत्री, विदुर प्रसाद सापकोटा स्ड्नेय, आदर्श खत्री, रामकृष्ण शर्मा, मणिराम शर्मा, डिल्ली बस्नेत संगीत, मोहन दाहाल, विपिन घिमिरे, प्रकाश सुवेदी, सुदामा ऋषि, मुकुन्द शर्मा, बिमला खनाल, छमा सुवेदी, सिर्जना शर्मा, सन्ध्या नेपाल, मन्जु उपासना, दिपक शर्मा अम्विका भट्टराई, खेमराज गाउले, देवा डाँगी, उर्मिला कोईराला, जितेन्द्र मल्ल, शुशिला आचार्य, मुकुन्द रञ्जितकार, निशान्त आचार्य, टिकाराम शर्मा, गुरूप्रसाद कुमाल बुलबुल, बिमला डाँगी विकलता, नारदप्रसाद भण्डारी, तारादेव शर्मा प्रदर्सन, मिना खड्का, रन्जना चन्द ठकुरी, सन्तोषी लामिछाने, अनन्त केसी, माधव केसी नविता दवाडी, सौगात पुन मगर, अभिनय शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अध्यक्ष समीरले सप्तरङ्गी अक्षरयात्रा – २०७८ सम्पन्न गर्न विभिन्न जिम्मेवारी स्विकार गरि भुमिका निर्वाह गरिदिनुहुने तथा नियमित रूपमा सहभागीता जनाउनुहुने सबैप्रती धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि, समीक्षक, गीतकार र संगीतकारलाई मायाको चिनो प्रदान गरिनुका साथै सप्तरङ्गी अक्षरयात्रा २०७८ को समेत समापन गरिएको थियो ।
“सपना हजार” गीति एल्बमको कृति समीक्षा कार्यक्रममा परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजिकरण सचिव प्रकाश केसीले गर्नु भएको थियो