२०८१ चैत्र १ गते आइतवार

जातिय विभेद विरुद्ध अब आयोग याेजना बनाएर अघि बढ्छ ::अध्यक्ष विश्वकर्माः राप्ती सञ्चार



दाङ तुल्सिपुर
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातिय विभेद विरुद्धको अब नयाँ ढंगबाट अघि बढ्ने बताएका छन् । राष्ट्रिय दलित पत्रकार संघ दाङको आयोजनामा शनिबार तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बाेल्दै उनले यस्तो बताएका हुन । यसका लागि दशबर्षे र पञ्च बर्षीय योजना बनाएर अघि अायाेग अघि बढेको उनले बताए । पछिल्लो समय देशका विभिन्न स्थानमा दलित समुदाय माथि भएका घटनाले थप गम्भीर बनाएकाे भन्दै गैर दलितकाे सहभागीतामा अभियान अघि बढाउने बताए ।

आयोगले विभिन्न संयन्त्रहरु संग समन्वय र सहकार्य गरी जातिय विभेद विरुद्धका जनचेतनामुलक अभियान संचालन गर्ने बताउनुभयो । विभेद अन्त्यका लागी कक्षा ८ देखी स्नातकतह सम्मका विद्यार्थीहरुलाई स्वंयमसेवकका रुपमा परिचालन गर्ने योजना बनाएको पनि उहाले बताए ।
साथै विद्यालय स्तरमा पाठ्यक्रम निर्माणमा पनि आफूहरु सक्रिय भएको बताए । अर्को प्रसङ्गमा पशुपति क्षेत्रमा दलितलाई समेत पुजा गर्ने व्यबस्था गर्ने र त्यसबाट धार्मिक रुपले विभेद अन्त्य हुने भन्दै त्यसकालागि पशुपति विकास कोषसंग छलफल भइरहेको उनले बताए । संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा भएको कार्ययक्रममा महासङ दाङका काेषाध्यक्ष शरद रेग्मीले पनि बाेल्नुभएकाे थियोे ।कार्यक्रमकाे सहजीकरण सचिब अर्जुन परियारले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असार २६ गते शनिवार