२०८१ बैशाख १ गते शनिवार

रजतपटबिरुद्ध कानुनि उपचार गर्ने गरिमाकाे चेतावनी



टेलिभिजन कार्यक्रम रजतपट र त्यसको प्रस्तोता प्रकाश सुवेदी विरुद्ध कानुनी उपचार खोज्ने भएकी छन् । आफु र मोडल तथा गायक दुर्गेश थापाबीच केहि दिन अगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरूका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनमा सामाग्री प्रसारण गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप समेत उनले सुवेदीलाई लगाएकी छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै शर्माले असार २४ गते एपिवान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रममा आफ्नो बिषयमा अतिरञ्जित र भ्रमपूर्ण रिपोर्ट प्रसारण गरेको भन्दै गम्भिर आपत्ति जनाएकी छन्
के थियो रजतपटमा ?

मोडल गरिमा शर्मा केही समयअघि गायक दुर्गेश थापासँग टीकटक लाइभमा आएकी थिइन् । उनीहरु बीचको कुराकानीको एउटा टुक्रा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यही टुक्रामा दुर्गेश र गरिमाबीच लामो प्रेम रहेको चर्चा थियो । यही बिषयलाई लिएर टेलिभिजन कार्यक्रम रजतपटले ‘समाचार’ बनाएको थियो । समाचारमा विवाहित पुरुषसँग प्रेम सम्वन्धमा रहेको भनेर गरिमामाथि रजतपटले लान्छना समेत लगाएको छ । प्रस्तोता प्रकाश सुवेदीले कार्यक्रममा ‘बिनाशकाले विपरित बुद्धि’ भनेर गरिमामाथि टिप्पणी  समेत गरेका छन् ।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार