२०८१ असार २९ गते शनिवार

अभिनेत्री नायिका जेनी कुँवरले गरिन आत्महत्या ।



असार-२४-नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन्।
थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा उनले बिहिबार राति आत्महत्या गरेको प्रहरीले जनाएको छ।
‘उनको शव उक्त अपार्टमेन्टमा भेटिएको हो। प्रारम्भीक अनुसन्धानमा आत्महत्या गरेको खुलेको छ’, महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए।
उनी सनराइज सिटीको अपार्टमेन्टमै बस्दै आएकी थिइन्।

निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार