२०८२ बैशाख ५ गते शनिवार

अनलाइन टिभि पत्रकार संघ बाँकेको अध्यक्षमा कृष्णराज अधिकारी चयन हुनुभएको छ



नेपालगन्ज : अनलाइन टिभी पत्रकार संघ नेपालको बाँके शाखा बिस्तार भएको छ। बिहीबार एक कार्यक्रमको आयोजना गरि बाँके शाखाको नयाँ कार्यसमिति बिस्तार गरिएको हो।

अनलाइन टिभि पत्रकार संघ बाँकेको अध्यक्षमा कृष्णराज अधिकारी चयन हुनुभएको छ । बाँकेको नेपालगंजमा आयोजीत अनलाइन टिभी पत्रकारहरुको भेलाले कृष्णराज अधिकारीको अध्यक्षतामा १३ सदस्य सहितको तदर्थ कार्यसमीती चयन गरेको हो ।

जसको उपाध्यक्षमा सूर्य बहादुर कार्की, सचिवमा केशराज खड़का,सह सचिवमा रामप्रकाश महतो कोषाध्यक्षमा सुरेंद्र कुमार आरसी रहेका छन् । सदस्यहरुमा धनराज बुढाथोकी,कुलेन्द्र विश्वकर्मा,पुष्पराज आचार्य,भूपेंद्र बस्नेत,प्रमोद डीजी, इन्द्रा चन्द,ओमराज डाँगी र रामप्रसाद आचार्य चयन भएका हुन । त्यस्तै कार्यसमितिको सल्लाहाकारको रुपमा नेपाल पत्रकार महासंघ बाँकेका २ जना पत्रकारलाई पछि थप गर्नेगरी चयन गरीएको छ ।

अनलाइन टिभी पत्रकार संघ नेपालका संस्थापक केन्द्रीय सदस्य तथा भेलाका केन्द्रीय प्रतिनिधि अमृतमान वलीको उपस्थितिमा सम्पन्न कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी प्रचण्ड जिसी लगायत अनलाइन टिभीमा आवद्ध २५.३०जना पत्रकारहरुको सहभागी जनाएका थिए

“अनलाइन टिभीमा भविष्य खोज्ने पत्रकारहरूका लागि अनलाइन टिभी पत्रकार संघ बाँके शाखा सहयोगी संस्था बन्नेछ।”, अध्यक्षमा चयन भएपछि नव अध्यक्ष अधिकारीले भने, “बाँकेमा छरिएर रहेका अनलाइन टिभी पत्रकारहरूलाई एकत्रित गरि आज छुटेका अन्य अनलाइन पत्रकारलाई समेत समेटेर अगाडि बढ्नेछौँ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार