२०८३ असार १८ गते शुक्रवार

पर्साको ५ थान सालको गोलिया बरामद




माघ १९ नवल यादव

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ५ निचुटाबाट सालको काठ बरामद भएको छ ।
विशेष सूचनाको आधारमा सब डिभिजन बन कार्यालय रंगपुर टाँडीका रेन्जर कपिलदेव यादव नेतृत्वको टोलीले अवैध सालको ५ थान गोलिया बरामद गरेको जानकारी दिएका छन
बिहिवार बिहान २ बजेको समयमा निस्किएको गस्ति टोलीले सालको काठ बरामद गरेको हो । उक्त काठ तस्करीमा संलग्न व्यक्तिको खोजी कार्य भइरहेको बताइएको छ। बरामद काठलाई सब डिभिजन बन कार्यालय रंगपुरको कार्यालयमा राखिएको रेन्जर यादवले बताएका छन

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार