२०८३ जेष्ठ २१ गते शुक्रवार

श्री सिद्ध माध्यमिक विद्यालयमा ५० हजार बराबरका शैक्षिक सामग्री हस्तान्तरण



रोल्पा, माडी–१ आरलनेटा।

श्री सिद्ध माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमका बीच ५० हजार रुपैयाँ बराबरका शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कापी, कलम र टोपी सहित आवश्यक शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ।कार्यक्रम विद्यालय व्यवस्थापन समितिको अध्यक्षतामा सम्पन्न भएको थियो सो अवसरमा प्रमुख अतिथि चर्चित पत्रकार पारस भट्टराई, विशिष्ट अतिथि ‘हामी नेपाली हाम्रो नेपाल’ स्वतन्त्र अभियानका संयोजक मेघराज केसी, निम बहादुर खड्का, सन्दिप गौतम, विपिन महेन्द्र खड्का, पत्रकार गोविन्द साउद, राम योगी लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सहयोग सामग्री ग्रहण गर्दै प्रधानाध्यापक राम बहादुर डागीले जय वली तथा ‘हामी नेपाली हाम्रो नेपाल’स्वतन्त्र अभियानका टिमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग फेरि पनि सहयोग गर्न आग्रह गर्नुभएको थियो। सहयोगले विद्यार्थीहरूको सिकाइ–वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो।यस अभियानमा विभिन्न सहयोगदाताहरूबाट संकलित रकमबाट शैक्षिक सामग्री उपलब्ध गराइएको हो। सहयोग दाताहरू

यज्ञ के.सी (तुल्सीपुर–५) — रु 20,000

हाम्रो नेपाल हामी नेपाली जनजागरणका लागि स्वतन्त्र अभियान — रु 50,00 .

भीम वली, तिलु वली — रु 7,000

पवित्रा ठकुरी, सल्यान — रु 6,000

हेमन्त डागी, दाङ — रु 5,555

महादेव थापा, बर्दिया — रु 2,000

चेतन वली, रोल्पा — रु 1,200

जय वली, रोल्पा — रु 1,120

ललित के.सी — रु 1,100

खडक बहादुर वली, दाङ — रु 1,000

संस्कार बिमिरे — रु 1,000

कुल रकमबाट विद्यालयका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो। शैक्षिक सामग्री हस्तान्तरण गर्दै जय ओलीले “यस अभियानले विद्यार्थीमा सिकाइप्रतिको उत्साह बढाउनेछ तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई ठूलो राहत पुग्नेछ”समेत बताउनु भएको थियो , संकलित सामग्री विद्यालयसम्म पुर्‍याउन पाउनु नै ठूलो खुशी भएको उहाँले बताए छ त्यस्तै, सामाजिक अभियन्ता मेघराज केसीले यहाँ आएर सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको र सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक प्रथमनि खड्काले गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते मङ्गलवार