२०८३ जेष्ठ १५ गते शनिवार

स्वास्थ्य मन्त्रालयमा डा. किशोर खत्रीको नाम बलियो



स्वास्थ्य मन्त्रालयमा डा. किशोर खत्रीको नाम बलियो
अन्तरिम सरकार गठनसम्बन्धी दलहरूबीचको वार्ता आइतबार राति २ बजेसम्म चलेको छ। वार्तामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बाल रोग विशेषज्ञ डा. किशोर खत्रीलाई दिने सहमति नजिकिएको स्रोतले जनाएको छ।
डा. खत्री लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएका चिकित्सक हुन्। उनी विशेषगरी बाल स्वास्थ्य सुधारका लागि विभिन्न अभियानसँग आवद्ध हुँदै आएका छन्।

प्रकाशित मिति : २०८२ असोज ६ गते मङ्गलवार