तुल्सीपुर–३ शिरखोलाका खकेन्द्र डाँगी लामो समयदेखि नशासम्बन्धी र मेरुदण्डसम्बन्धी रोगले थला परेका छन्। हिँडडुल गर्न समेत कठिनाइ भोगिरहेका खकेन्द्र आर्थिक रूपमा पनि कमजोर अवस्थामा रहेका थिए।
उपचारका लागि संकलित जम्मा ४००००० चार लाख रुपैयाँमध्ये उपचारपश्चात बाँकी रहेको ३ लाख ४० हजार रुपैयाँ आज घरमै पुगेर वडा अध्यक्ष वीरबहादुर बिकको हातबाट खकेन्द्र डाँगीलाई हस्तान्तरण गरिएको छ। सहयोग रकम खकेन्द्र डाँगी र उनको दिदीको नाममा खोलेको सामूहिक खातामा राखिएको छ।
कार्यक्रम राप्ती सञ्चार अनलाइनका सम्पादक विप्लव ओलीको अध्यक्षतामा आयोजना गरिएको थियो। प्रमुख अतिथि वडा अध्यक्ष वीरबहादुर बिक, विशिष्ट अतिथि नारायण डाँगी, झरना विकास टोलका अध्यक्ष मोहलाल आले, राप्ती सञ्चार अनलाइनका गोविन्द भुसाल, सन्तोष ओली, र श्रीधर साहुले कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो, वडा अध्यक्ष विजय बिकले खगेन्द्रको थप उपचारका लागि आवश्यक परेमा अभियान वा वडा बजेटबाट पनि सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण सामाजिक अभियान्ता शंकर भुसालले गर्नुभएको थियो।









