२०८२ भाद्र ३१ गते बुधवार

घोराही वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत



घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र बहादुर शाहले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । उनले १२ असार २०८० मा नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुभाएका थिए । त्यसको दुई बर्ष पछि उक्त राजीनामा स्वीकृत भएको हो नगर प्रमुख चौधरीका अनुसार आफूले गएको बर्ष असारमा राजीनामा स्वीकृत गरेको र अाज बसेकाे कार्यपालिका बैठकबाट अनुमोदन गराएको बताए छ

एमालेबाट निर्वाचित शाहले बजेटमा असहमति जनाउँदै पदबाट राजीनामा दिएका थिए । आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । उनको राजीनामा स्वीकृत भएपछि वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ उनी काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष विजयी भएका थिए ।उनले १४५१ मत ल्याएका थिए, भने काँग्रेसका उम्मेदवार धनिराम चौधरीले १२४४ मत ल्याएका थिए ।

प्रकाशित मिति : २०८२ भाद्र १ गते सोमवार