
तुल्सीपुर–३,सिरखोला स्थित राधाकृष्ण मन्दिरको आज एक विशेष समारोहबीच भव्य उद्घाटन गरिएको छ।
उद्घाटन कार्यक्रममा मन्दिर निर्माणमा सहयोग गर्ने सहयोगदाताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम मन्दिर निर्माण समितिका अध्यक्ष गुरुप्रसाद थापाको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रममा प्रमुख अतिथि तुल्सीपुर–३ का वडा अध्यक्ष वीरबहादुर बिक रहेका थिए।

केशव ओलीको स्वागत मन्तव्यपछि सुरु भएको कार्यक्रममा मङ्गल विक, सुरवीर ओली, वडा सदस्य राजेन्द्र गुरुङ, कलिभान रोका लगायतले आफ्ना मन्तव्यहरू प्रस्तुत गर्नुभएको थियो प्रमुख अतिथि विजय बिकले मन्दिरलाई अझ आकर्षक र व्यवस्थित बनाउन आगामी बजेटमा आवश्यक विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो थियोे
त्यसैगरी वडा सदस्य राजेन्द्र गुरुङले यो मन्दिरले स्थानीय स्तरमा पर्यटनको सम्भावना बोकेको हुँदा संरक्षण र विकासलाई निरन्तर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
उद्घाटन कार्यक्रममा स्थानीय युवा, राजनीतिक दलका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति थियो। स्थानीय युवाको सहयोग र वडा नं. ३ को बजेट बाट निर्माण गरिएको हाे करिब ७ लाख लागतमा मन्दिर निर्माण सम्पन्न गरिएको हो।
कार्यक्रमको सहजीकरण वडा सदस्य कर्णबहादुर बुढाले गर्नुभएको थियो
