२०८२ मङ्सिर २२ गते सोमवार

रुकुम पूर्वकी सिस्ने गाउँपालिकामा कार्यरत कोईली शाही झुण्डिएको अवस्थामा फेला



रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत एक महिला कर्मचारी मृत अवस्थामा फेला परेकी छन् ।
सिस्ने गाउँपालिकाको कार्यालय सिस्ने – ६ खोपिचारकी २३ बर्षीया कोईली शाही झुण्डिएको अवस्थामा कोठा भित्र मृत अवस्थामा फेला परेकी हुन । शाही सिस्ने–५ मा डेरामा बस्दै आएकी थिइन् । उनी आफैँले चुकुल लगाएको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी प्रहरीले बताएको छ ।
लामो समयसम्म ढोका नखुल्दा शंका गरी प्रहरीलाई खबर गरेका थिए । प्रहरी आइसकेपछि ढोका फोडेर हेर्दा झुन्डिएर अवस्थामा भेटिएकी थिइन् । अविवाहित शाही सिस्ने गाउँपालिकाको कार्यालयमा करार सेवामा कार्यरत थिइन् । घटना के र कसरी भयो भन्ने जानकारी नभएको प्रहरीले बताएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । बताएको छ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ असार २७ गते शनिवार