बैशाख ०५
तुल्सिपुर बस्पार्क सडक खण्डको पिपलबोट देखि उत्तर तिरको आलु मण्डी हुदै रानीजरुवा गोठीखोला जोडने सडक करीव (८०० मी.) विगत ३ वर्ष देखि कालोपत्रे नभई अलपत्र परेको पिडावाट ग्रसित हामी यस बस्तीका सम्पूर्ण बासीन्दा को साथै यस्तो पिडाको समर्थनमा सहयोग गरी मिति २०८२/०१/०३ गते भएको प्रथम चरणको १ घण्टे चक्का जाममा साथ दिने सम्पुर्न महानुभावहरुमा वाटो बनाओ अभियान -संघर्ष समितिको तर्फबाट हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौ।

पुर्ब निर्धारित कार्यक्रमहरु यथावत नै संचालित हुने मात्रै थोरै तिथिमिति परिवर्तन मात्र भएको कुरा पनि सम्पुर्न एस क्षेत्रबासि लगायत सम्पुर्नमा संघर्स समिति जानकारी गराउदछौ । साथै प्रथम चरणको आन्दोलनबाट सम्बन्धित सरकारी सरोकारवाला निकायको प्रतिकृया तथा यस बाटो निर्मान कार्य प्रती दृष्टिकोणको आधारमा आन्दोलन को स्वरूप तय गरि अगाडी बढ्ने कुराको योजनामा संघर्ष समितिको निषकर्ष भएकोले तिथी मितिमा परिवर्तन भएको सबै मा जानकारी गराउदै हाम्रा माग पूरा नभय सम्म संघर्षका कार्यक्रमहरु निरन्तर अघि बढने कुरा पनि जानकारी गराउदै आगामी चरणका आन्दोलनको सूचना सम्प्रेषण गर्ने कुराको समेत जानकारी गराउदछौ।
साथै तुल्सीपुर पिपल बोर्ड–आलुमण्डी हुँदै रानीजरुवा जोड्ने मुख्य सडकको अवस्था सुधार नभए ठूलो दुर्घटना हुनसक्छ यसको जिम्मा नेताहरुले लिनुपर्छ बाटो बनाउँ अभियानका संयोजक: जिवि – जिएम जानकार दिनु भयो









