दाङको घोराही उपमहानगरपालिका–१४, झिँगौरामा जारी छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१ अन्तर्गत आज चर्चित कमेडी टेलिसरियल मेरी बाँस्सैका लेखान्त भुसाल( घिरौले) र हल्का रमाइलोकि राजु मास्टरकी सालि भनेर चिनिने सविना आचार्य (सबु) सहित अन्य कलाकारहरूको प्रस्तुति रहने महोत्सव आयोजक मूल समितिका संयोजक वसन्त जोशीले जानकारी दिनु भयो ।
मेरी बासेर हल्का रमाइलो नेपाली दर्शक प्रेमीहरूका लागि लोकप्रिय छन्।
महोत्सवको १६ औँ दिन गायिका टीका पुन भूमिका गिरी नरेश खाति हास्य कलाकार कमल गाउँले लेखान्त भुसाल घिरौले सबिना आचार्य सबु , पुष्पा शर्मा विराज गन्धर्व शोभा त्रिपाठी लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। महोत्सव आयोजक मूल समितिका सहसंयोजक महेन्द्र बुढाथोकीका अनुसार यी कलाकारहरूको प्रस्तुति महोत्सवमा आज मुख्य आकर्षण बन्ने अनुमान गरिएको छ
प्रवेश शुल्क र विशेष छुट
महोत्सव अवलोकन गर्नका लागि प्रवेश शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ तोकिएको छ। विद्यार्थीहरूका लागि परिचयपत्रको आधारमा ८० रुपैयाँ मात्र लाग्नेछ भने अशक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। टिकट व्यवस्थापन उपसमितिका संयोजक मधाव खनालका अनुसार महोत्सवलाई सर्वसाधारणमैत्री बनाउन विशेष छुटको व्यवस्था गरिएको बताउनु भयो।
व्यापार, पर्यटन र कृषि प्रवर्द्धनको लक्ष्य
कृषि, पर्यटन तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा ४०० भन्दा बढी स्टलहरू रहेका छन्। महोत्सव अवधिभर करिब २ लाख दर्शकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ भने २० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ।
उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सव फागुन १८ गतेसम्म सञ्चालन हुनेछ।









