२०८३ असार १९ गते शनिवार

तुलसीपुरमा ३ जना सवार मोटरसाइकल दुर्घटनामा परी घाइते भएका १८ वर्षीय सन्दिप वली मृत्यु



तुलसीपुरमा ३ जना सवार मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–४ घोरनेटीका १८ वर्षीय सन्दिप वली इलाका प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।

उहाका अनुसार तुलसीपुर ४ खाद्रे वनहरिबाट तुलसीपुर तर्फ अाउदै गरेकाे लु प्र ०२-००१प १७१७ नम्वरकाे तीन जना सवार माेटरसाइकल तुलसीपुर ४ ठुलाखालिमा अनियन्त्रित भई दुर्घटना भएकाे थियाे । दुर्घटनामा सन्दिप वलि सहित ३ जना सवार थिए ।
घाइते मध्य तुलसीपुर ३ खमारिका दिपेन्द्र वलिकाे साेहि दिन मृत्यु भएकाे थियाे भने पछाडि सवार सन्दिप वलिको हीजो मृत्यु भएको  हो  । र अर्का घाइते तुलसिपुर ४ कल्लेखाेलाका गनेश खड्काकाे अवस्था सामान्य रहेको बताएको छ 

प्रकाशित मिति : २०८१ मङ्सिर २६ गते बिहिवार