२०८३ बैशाख १५ गते बुधवार

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु  ८ जना घाइते



कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा स्थानीय १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ वर्षीया सिर्जना बस्नेतको मृत्यु भएको छ  । दुई जनाको घटनास्थलमै र एक जनाको हस्पिटल लैजादै गर्दा बाटोमा मृत्यु भएको बताएका हुन ।

दुर्घटनामा परी घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत, २२ वर्षीय हिक्मत थापा र गाडी चालक २४ वर्षीय मानबहादुर भण्डारी रहेका छन् ।

घाइते भएका सबैलाई अहिले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले जनाएको छ । घाइते भएका केहीको अवस्था गम्भीर रहेको समेत प्रहरीले जनाएको हो । उनका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको 

प्रकाशित मिति : २०८१ कार्तिक १२ गते मङ्गलवार