बिरगंज २८ भदौ उपकार सेवा नेपाल द्वारा बिरगंज माहानगरपालिका वार्ड न.२५ श्रीसिया निवासी सन्जित ठाकुर तथा अनिता देबिको जेठो छोरा १३ वर्षिय शारीरिक अपांगता भएको भाई भन्नु ठाकुरलाई एक थान व्हील चेअर निज कै निवास मै पुगि एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ! सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य ,अँकुर शर्मा मानव सेवा आश्रमको संस्थापक समर्पित अभियन्ता देवेश प्रसाद गुप्ता लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको सामाजिक अभियानता प्रकाश थारुले बताए।
प्रकाशित मिति : २०८१ भाद्र २७ गते शुक्रवार








