बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाए बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन्। बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।
प्रकाशित मिति : २०८१ भाद्र ११ गते बुधवार








