२०८३ असोज ५ गते मङ्गलवार

एउटै घरका बाबु छोरा लाई कोठामा थुनेर हात हतियार प्रयोग गरि दाजु भाइले गरे हत्या




रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नः ३ रातामाटा घर भएका कालु वलि र उनका छोरा प्रेम प्रकाश वलि लाई आफ्नै भाइ गोत्रका दाजु भाइले विभिन्न खालका हात हतियार प्रयोग गरेर बाबु कालु वलिको ज्यान लिएका छन ।
भने उनका छोरा प्रेम प्रकाश वलि गम्भीर घाइते भएका छन , कालु वलि र उनका छोरा प्रेम रोजगारीको शिलशिलामा हाल पंजाव बलटाना बस्दै आएका थिय र उक्त घटना असार ३ गतेका दिन प्रेम वलिको रुममा उनकै गोत्र पर्ने पबन वलि र गिरिराज वलिले विभिन्न किसिमका हात हतियार प्रयोग गरेर बाबुको ज्यान लिएका छन भने छोरा गम्भीर घाइते भएका छन, उक्त घटना घरासि जग्गा जमिनको रिसिवि रहेकाले ज्यान लिएको कारण खुलेको छ। मृतक कालु वलिको शव अहिले भारतको चन्डिघड ३२ सेक्टर को हस्पिटलमा रहेको छ ,र घाइते प्रेम वलिको उपचार भैरहेको छ, दोषि पवन वलि र गिरिराज वलि फरार भयका छन उनको खोजि कार्य जारि रहेको छ ।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार