२०८३ साउन १६ गते आइतवार

उद्घोषकले बटुलेको चर्चा मेला महोत्सवमा निकै व्यस्त सल्यानका शान्तराम सेन्चुरी



फाल्गुन २०

पछिल्लो समयमा देशका विभिन्न जिल्लामा पर्यटन प्रबन्धन वर्ष २०८० भन्ने मूलमन्त्रका साथ विभिन्न स्थान र समयमा ठूलाठूला मेला महोत्सवहरू सञ्चालन भइरहेको पाइन्छ ।

जहाँ स्थानीय देखि राष्ट्रिय स्तरका विभिन्न चर्चित चर्चित कलाकारहरु आएर नाच्ने , गाउने दर्शकहरु संगै झुम्ने रमाइलो गर्ने र पर्यटन वर्ष २०८० लाई सफल बनाउने कार्यक्रम चलिरहेको छ ।
ती सांगेतिक प्रस्तुतिलाई दर्शक कहाँ अझ धेरै रमणीय बनाउने भन्नेमा उद्घोषक ठूलो भूमिका रहन्छ । त्यहीँ उद्घोषक सँगै आफ्नो सांगीतिक प्रस्तुति दिदै आइरहेका मध्य सल्यानका  शान्तराम सेन्चुरी ।

सानैदेखी आफूलाई गीत संगीत प्रति रुचि भएको हुँदा आफ्नो रोजाइमा कलाकारिता क्षेत्र परेको बताउने शान्तराम विगत चार पाँच वर्षदेखि कलाकारीता क्षेत्रमा निरन्तर लागिरहेका छन् । 

पछिल्लो समयमा उनि ठुलाठुला मेला महोत्सवहरुमा कार्यक्रम उद्घोषकका रूपमा निकै व्यस्त देखिन्छन् । २०७६ देखि निरन्तर कलाकारिता क्षेत्रमा अगाडि बढिरहेका शान्तरामलाई एक सक्षम स्टेज कार्यक्रम उद्घोषकका रूपमा पनि चिन्न सकिन्छ ।

अहिले विभिन्न जिल्लामा सञ्चालन भइरहेका मेला महोत्सवमा उत्कृष्ट उद्घोषकको रूपमा आफूलाई स्थापित गर्दै आइरहेका शान्तराम धेरै दर्शकको रोजाइमा समेत परेका छन् ।

आफ्नो सांगीतिक प्रस्तुति लगेर करिबकरिब ११, १२ जिल्ला पुगिसकेका सल्यानका शान्तराम सेन्चुरी नेपालको चर्चित रियालिटी सो हिमालय लोक स्टार सिजन 2 मा प्रतिस्पर्धा समेत गरिसकेका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार