२०८३ असार १८ गते शुक्रवार

भरतपुरमा टिप्परले ठक्कर दिँदा दुई जना घाइते



फागुन ०३ भरतपुरमा टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन् घाइते हुनेहरुमा भरतपुर २७ बस्ने ४७ वर्षीय हरि बहादुर महतो र निजको छोरी २२ वर्षीय दिपा महतो रहेका छन् ।

भरतपुरबाट चनौली तर्फ जादै गरेको ना८ख ६२८७ नम्बरको टिप्परले बिपरित दिशाबाट आउदै गरेको प्र २-०३-००१ प ५६९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकल चालक हरिको अवस्था गम्भिर र उनको छोरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । हाल दुवैजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार