२०८२ माघ १३ गते मङ्गलवार

युवा एकताको सन्देशसहित तुलसीपुर–४ मा जेन्जी भेला, नेतृत्व चयन



दाङ

तुलसीपुर उपमहानगरपालिका–४ मा जेन्जी भेला तथा नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ जेन्जी तुलसीपुर उपमहानगरपालिकाका संयोजक जनक खनालको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको हाे समाजसेवी विकाश सेन प्रमुख अतिथिका कार्यक्रम भएको थियोे
कार्यक्रममा जेन्जी नगर उप,संयोजक मिनराज ओली विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने जेन्जी नगर सल्लाहकार सन्दीप गौतम तथा काउन्सिल अफ तुलसीपुर नगर जेन्जीका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
भेलाबाट नयाँ नेतृत्व चयन गरिएको छ। नवगठित नेतृत्वअन्तर्गत संयोजकमा मनिष नेपाली र प्रकाश ओली चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा विजय ओली, महेश ओली, दोर्णबहादुर ओली, दीपक ओली, तेजबहादुर ओली, गणेश नेपाली, मनिष ओली, बसन्त ओली र सन्देश ओली चयन हुनुभएको छ।
यस्तै, सल्लाहकारमा चेतप्रसाद खनाल, छपेन्द्र बहादुर नेपाली र खुमबहादुर नेपाली चयन हुनुभएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले जेन्जी पुस्ता केवल उमेरको समूह मात्र नभई एक सशक्त विचार भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध लड्न सक्ने शक्ति, आँट र साहस युवापुस्तामा रहेको बताएका थिए। उनीहरूले समाज परिवर्तनका लागि युवाहरूले आफ्नो कर्तव्य र जिम्मेवारी जिम्मेवार ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए
कार्यक्रमको अन्त्यमा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवाहरूको सक्रिय सहभागिताले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो

प्रकाशित मिति : २०८२ पुष २५ गते शनिवार