दाङ, तुलसीपुर – दाङमा स्वतन्त्र अनलाइन डिजिटल संघ (Independent Online Digital Association Dang – IODA Dang) गठन गरिएको छ। पत्रकारितामा बढ्दो राजनीतिक प्रभाव र दलगत पृष्ठपोषणबाट अलग रही निष्पक्ष र तथ्यपरक पत्रकारिता गर्ने उद्देश्यका साथ संघ गठन गरिएको संघका प्रतिनिधिहरूले बताएका छन्।
संघले भ्रष्टाचार, अनियमितता र गलत कार्यहरूलाई उजागर गर्दै समाधानतर्फ पहल गर्ने प्रतिबद्धता जनाएको छ। साथै, सार्वजनिक हितका विषयमा निर्भीक रूपमा सत्य उजागर गरी समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य संघले लिएको जनाएको छ।
संघ गठनका लागि आयोजित भेलामा समाजसेवी भूपबहादुर भण्डारीले हरेक काम स्वतन्त्र ढंगले अघि बढाएमा सफलता प्राप्त गर्न सकिने बताए र नवगठित संगठनको सफल कार्यकालको शुभकामना व्यक्त गरे।
भेलाबाट सर्वसम्मत रूपमा चयन गरिएको छ अध्यक्ष शंकर भुसाल उपाध्यक्ष: भीमबहादुर ओली उपाध्यक्ष: अशोक शर्मा सचिव: देवराज कँडेल सह–सचिव: किरण लामिछाने कोषाध्यक्ष: राम योगी सदस्य: हरि खड्का, विक्रम बि.के., जय ओली संघले केही दिनभित्रै आफ्ना कार्यक्रम, नीति तथा कार्ययोजना सार्वजनिक गर्ने जानकारी दिएको छ। संघले डिजिटल पत्रकारितालाई जिम्मेवार, पारदर्शी र जनमुखी बनाउँदै समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।








