२०८३ बैशाख १६ गते बिहिवार

तुलसीपुरमा सामाजिक उत्तरदायित्वको उदाहरण, ४० विपन्नलाई न्यानो कपडा सहयोग



दाङको तुलसीपुरमा ४० जना विपन्न तथा आवश्यकतामा परेका नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ पत्रकार तथा समाजसेवी दिपक वलीको पहलमा आज उक्त सहयोग कार्यक्रम सम्पन्न भएको हो

वलीको फेसबुक पेजमा ५० हजार फलोअर्स पूरा भएको अवसरमा प्राप्त सहयोग रकम, साथै विष्णु वली पुन र राजकुमार वलीले जन्मदिनको अवसरमा उपलब्ध गराएको आर्थिक सहयोगबाट न्यानो कपडा वितरण गरिएको बताएको छ

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तथा पूर्व अर्थमन्त्री धनबहादुर मास्कीले सामाजिक सञ्जाललाई केवल प्रचारको माध्यम नभई समाजसेवाको सशक्त औजारका रूपमा प्रयोग गरिएको भन्दै दिपक वलीको कार्यको प्रशंसा गरेका थिए

उज्यालो नेटवर्क एण्ड मल्टीमिडिया प्रालिका सञ्चालकसमेत रहेका वली यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक सहयोगका विभिन्न कार्यक्रममार्फत समुदायमा योगदान दिँदै आएका छन्।

प्रकाशित मिति : २०८२ पुष १४ गते मङ्गलवार