२०८३ बैशाख १६ गते बिहिवार

घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध



दाङको तुलसीपुर–७ निवासी सुरेश विश्वकर्मालाई करिब तीन महिना अघि टिप्परले ठक्कर दिई गम्भीर घाइते बनाएको घटनामा दोषीमाथि कारबाही नभएको भन्दै पीडित पक्षले घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन्।

घाइते सुरेश विश्वकर्मा हाल उपचारका लागि भारतमा रहेका छन्। तर घटनाको यति लामो समय बितिसक्दा पनि प्रहरीले टिप्पर चालक, टिप्पर तथा ठेकेदार कसैलाई पनि पक्राउ नगरेको पीडित पक्षको आरोप छ। साथै पीडितले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिन जाँदा समेत उजुरी लिन नमानेको जनाइएको छ।

उपचार अभावका कारण घाइतेको अवस्था ज्यान जोखिममा पुगिसकेको भन्दै पीडित पक्षले ग्वारखोलास्थित घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरी प्रदर्शन गरेका हुन्।

प्रकाशित मिति : २०८२ पुष १० गते शुक्रवार