दाङको तुलसीपुरमा रहेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन सम्पन्न भएको छ । संस्थाको नयाँ नेतृत्व चयनका लागी आज बुधबार मतदान केहीबेर अघि सम्पन्न भएको निर्वाचन समितिले जानकारी दिएको छ । मतदान प्रकृया सम्पन्न भइसकेकाले मतगणनाको काम अबको केही बेरमा दोघरे सभाहलमा हुने भएको छ ।
तुलसीपुर–३, ८ र ९ नम्बर वडामा रहेको अमृतपुर खानेपानी संस्थामा कुल मतदाता संख्या ४१०६ रहेकोमा जम्मा ३०१५ मत खसेको हो । अध्यक्ष पदका लागी जीतबहादुर खडका र दशरथ वली चुनावी मैदानमा होमिनु भएको छ । नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार खडकालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको समर्थन रहेको छ भने नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार वलीलाई नेपाली कम्युनिष्ट पार्टीको समर्थन रहेको छ अब
प्रकाशित मिति : २०८२ पुष ८ गते बुधवार








