२०८३ बैशाख १६ गते बिहिवार

रास्वपाको तुलसीपुर नगर सभापतिमा जीवन भण्डारी चयन




तुलसीपुर, २७ मंसिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तुलसीपुर नगर समितिको सभापतिमा जीवन भण्डारी चयन भएका छन्। तुलसीपुरमा सम्पन्न पार्टीको नगर भेलाले भण्डारीको नेतृत्वमा १५ सदस्यीय पालिका तदर्थ समिति गठन गरेको हो।
नवगठित समितिको उपसभापतिमा निर्मला वली (केसी), सचिवमा कमल बस्नेत, सहसचिवमा टंक नेपाली तथा कोषाध्यक्षमा राजन भण्डारी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा शोभा सुवेदी, पार्वती आचार्य, पहलमान रावत, सुमन विश्वकर्मा, वसन्त खत्री, रामबहादुर डाँगी, अर्जुन लामिछाने, नारायण प्रसाद केसी र भेषराज आचार्य चयन भएका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २७ गते शनिवार