दाङ, तुलसीपुर — तुलसीपुर उपमहानगरपालिकाले घरेलु तथा साना उद्योग महासंघ तुलसीपुर दाङलाई परामर्शविनै मेला–महोत्सव सञ्चालनको अनुमति दिएपछि स्थानीय व्यवसायीहरूले कडा विरोध जनाएका छन्। फेन्सी व्यवसायी संघ तुलसीपुर दाङले सार्वजनिक विज्ञप्ति जारी गर्दै सो निर्णयले स्थानीय व्यापार, लगानी र रोजगारी जोखिममा पर्ने चेतावनी दिएको हो।
संघका अनुसार उपमहानगरपालिकाले पछिल्ला वर्षहरूमा देखिएको आर्थिक सुस्तता, स्थानीय व्यापारमा आएको कमजोरी तथा बजारको संवेदनशील अवस्थालाई बेवास्ता गरी एकतर्फी रूपमा अनुमति दिएको बताएको छ
संघले माघ महिनाभन्दा अघि मेला–महोत्सव सञ्चालन गर्नु व्यवसायीका लागि सर्वाधिक व्यापारिक समय भएकाले यसको प्रत्यक्ष असर बिक्री, बजार स्थायित्व र लगानी सुरक्षामाथि पर्ने दाबी गरेको छ।
#”व्यवसायमाथि प्रत्यक्ष मार”
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अत्यन्त महत्वपूर्ण व्यापारिक समयमा बाह्य व्यापारलाई प्राथमिकता दिँदै अनुमति दिनु स्थानीय व्यवसायमाथि
#प्रत्यक्ष रपमा मार पर्न बताएको छ
संघले स्थानीय व्यवसायीको संरक्षण र प्रवर्द्धन गर्नु उपमहानगरपालिका तथा व्यवसायिक संस्थाहरूको दायित्व भएको उल्लेख गर्दै सो दायित्वविपरीत मेला–महोत्सवको अनुमति दिइएको आरोप लगाएको छ।
मेला स्थगनको माग :फेन्सी व्यवसायी संघले मेला–महोत्सव तत्काल रोक्न र आवश्यक भए माघ महिनापछि मात्रै सञ्चालन गर्न माग गरेको छ।
व्यवसायीहरूले यसअघि २०८२ मंसिर २९ गते घरेलु तथा साना उद्योग महासंघका अध्यक्षलाई भेट्दै माघअघि मेला नगर्न औपचारिक रूपमा ज्ञापनपत्रसमेत बुझाएका थिए। तर मागलाई बेवास्ता गरेर यही समयमा तयारी अघि बढाइएकाले उनीहरूले आपत्ति जनाएका हुन्।
स्थानीय व्यापारीहरूको हित प्राथमिकतामा हुनुपर्ने संघको आग्रह
संघका महासचिव दुर्गा विक र अध्यक्ष नरेन्द्र कुमार डाँगीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,
“व्यापार, लगानी, रोजगारी र आर्थिक सुरक्षालाई ध्यानमा राख्न स्थानीय सरकार र व्यापारिक संस्थाहरूले जिम्मेवारीपूर्वक निर्णय गर्नुपर्छ। व्यवसायीलाई क्षति हुने कुनै पनि निर्णय स्वीकार्य नभए विगत विज्ञप्तिमा उल्लेख गरिएको छ।









