२०८२ माघ १३ गते मङ्गलवार

अष्टिमिष्ट क्लब अफ तुलसीपुरद्वारा ६५ विद्यार्थीलाई न्यानो कपडा वितरण




तुलसीपुर, दाङ — अष्टिमिष्ट क्लब अफ तुलसीपुर दाङले समुदायमै रहेका विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै न्यानो कपडा वितरण गरेको छ। अाज क्लबले तुलसीपुर उपमहानगरपालिका–१३ अन्तर्गतका चार सामुदायिक विद्यालयमा अध्ययनरत ६५ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको हो।
क्लबले वर्ष २०२५/०२६ का लागि सञ्चालन गरेको पहिलो सामाजिक कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीलाई न्यानो पोसाक उपलब्ध गराइएको क्लबका अध्यक्ष नोबेल डिसीले जानकारी दिए। आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा क्लबमार्फत सामाजिक कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा पनि ग्रामीण भेगका विद्यार्थी लक्षित कार्यक्रमलाई निरन्तरता दिने बताए।
वडाध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्य र क्लबका अध्यक्ष नोबेल डिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव दिपक बोहराले सञ्चालन गरेका थिए

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार