२०८२ माघ १३ गते मङ्गलवार

Gen Z Red Force लुम्बिनी प्रदेशमा वीर बहादुर ओलि (बिप्लव) सह–संयोजक नियुक्त



तुलसीपुर, दाङ — Gen Z Red Force लुम्बिनी प्रदेशले आफ्नो संगठनात्मक नीति, उद्देश्य र आगामी कार्ययोजना अनुसार दाङका वीर बहादुर ओलि (बिप्लव) लाई प्रदेश सह–संयोजक पदमा नियुक्त भएका छन

संगठनका संयोजक जुनैद खान द्वारा जारी विज्ञप्तिमा ओलिको नेतृत्व क्षमता, कार्यठोसपन र युवामैत्री दृष्टिकोणको प्रशंसा गरिएको छ। विज्ञप्तिमा उल्लेख अनुसार, उनले संगठनलाई अझै सुदृढ, सक्रिय र प्रभावकारी बनाउने क्षमतासहितको व्यक्तित्व भएका कारण नयाँ जिम्मेवारी प्रदान गरिएको बताएको छ।

ओलि दाङ जिल्लामा वाइसेलका सचिव समेत रहेका छन्। पछिल्लो समय उनले युवाको नेतृत्व विकास, उनीहरूले भोगिरहेका समस्या र अवसरका विषयमा निरन्तर आवाज उठाउँदै आएका छन्। सामाजिक क्षेत्रका विभिन्न अभियान तथा कल्याणकारी गतिविधिमा समेत उनको उल्लेखनीय सक्रियता देखिँदै आएको छ। उनले युवाका समस्यासम्बन्धी मुद्दा उठाउँदै विभिन्न मन्त्री तथा सरोकारवालासम्म नियमित रुपमा पुर्‍याउने र समाधान पनि गरिरहेका थिए।

नव–नियुक्त सह–संयोजक ओलि तुलसीपुर उपमहानगरपालिका–३ निवासी हुन्

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते बुधवार