२०८३ बैशाख १६ गते बिहिवार

फेला परेको झोला नगद बुझाएको घटनापछि अटो चालक मनोज साहुको इमानदारीको प्रशंसा



दाङ, तुलसीपुर— तुलसीपुर उपमहानगरपालिका वडा नं.–८ निवासी अटो चालक मनोज साहु क्षेत्रीले आफ्नो यात्राक्रममा भेटिएको नगद रु ८,००० सहितको झोला सम्बन्धित व्यक्ति खगी महतरालाई सुरक्षित रूपमा बुझाइ दिएका छन्।

बिहान अटो चलाउँदै जाने क्रममा अश्वारा गहते खोलानजिक एक महिलाले छुटाएको झोला उनले फेला पारेका थिए। झोला भेट्टाएलगत्तै उनले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत सूचना सार्वजनिक गरेका थियो र एट स्टार अश्वारा युवा क्लबका अध्यक्ष तथा सामाजिक अभियन्ता श्रीधर साहु अन्तिमलाई पनि जानकारी गराएका थिए।

क्लबको आधिकारिक फेसबुक पेजमार्फत सूचना सार्वजनिक भएपछि आज बिहानै रोल्पाकी खगी महतरालाई उक्त झोला र नगद रकम हस्तान्तरण गरिएको क्लबले जानकारी दिएकाे छ

इमानदारीका साथ फेला परेका सामग्री बुझाइदिएका मनोज साहु क्षेत्री जिम्मेवार, अनुकरणीय र समाजसेवी अटो चालकका रुमा पहिचान दिएका छन्

प्रकाशित मिति : २०८२ मङ्सिर १० गते बुधवार