तुलसीपुर, दाङ — हरिबोधिनी एकादशीका अवसरमा धार्मिक र सामाजिक सद्भाव सन्देश फैलाउने उद्देश्यले स्वतन्त्र अभियान ‘हाम्रो नेपाल हामी नेपाली’ टिमकाे पहलमा आज राप्ती प्रादेशिक अस्पताल परिसरमा तुलसी विवाह कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा सामाजिक अभियन्ता मेघराज केसी, सन्दीप गौतम, उपेन्द्र पौडेल, जनक खनाल निम खडका चित्र स्वर्णकार गोविन्द भुसाल लगायतका सामाजिक व्यक्तित्वहरूको उपस्थित रहेको थियो त्यस्तै, राप्ती प्रादेशिक अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष, मेसु तथा अन्य चिकित्सकहरू पनि कार्यक्रममा सहभागी भएका थिए।
तुलसी विवाहमार्फत धर्म, संस्कृति र सद्भावको सन्देश फैलाउने उद्देश्यले गरिएको यस आयोजनामा अतिथिहरूले अस्पतालजस्तो सार्वजनिक संस्थानमा यस्ता सांस्कृतिक कार्यक्रमहरूले सकारात्मक ऊर्जा र एकताको भावना सुदृढ गर्ने बताएका छन्।
उनीहरूले नेपाली समाजमा परम्परा, आस्था र एकताको प्रतीकका रूपमा यस्ता गतिविधिहरू निरन्तर गरिनु आवश्यक रहेको पनि बताएका छन








