विपन्न परिवारको पीडा — स–साना बालबालिकाको भविष्य अन्धकारमा तुलसीपुर उपमहानगरपालिका–८, अस्वारामा बसोबास गर्ने एक विपन्न परिवार अहिले अत्यन्त कठिन परिस्थितिबाट गुज्रिरहेको छ।
श्रीमान् दिलबहादुर बिक इट्टाभट्टामा मजदुरी गर्ने क्रममा असमयमै निधन भएपछि परिवारमा गहिरो शोक र आर्थिक संकट छाएको छ। घर छैन, जग्गा छैन, जसले पाँच जना छोराछोरीको पालनपोषण र शिक्षामा ठूलो चुनौती सिर्जना गरेको छ। परिवारमा एक छोरीको विवाह भइसकेको छ भने बाँकी बालबालिकाहरूको भविष्य अनिश्चित बनेको छ।
यस पीडित परिवारलाई उज्यालो जीवनतर्फ फर्काउन श्रीधर साहले घर निर्माणका लागि पहल गर्नु बताउनु भएको छ। साथै, विदेशमा रहेका सहयोगी दाताहरूले पनि सहयोग गर्न अनुरोध गर्नु भएको छ। सानो सहयोग पनि उनीहरूको जीवनमा ठूलो आशा बन्न सक्छ।
💛 सहयोग गर्न सकिने खाता विवरण:
नाम: घनश्याम भण्डारी
बैंक: NABIL Bank
खाता नम्बर: 02510017513743
🕊️ “सहयोगका हातहरू जोडौँ — जीवनमा उज्यालो फिर्ता ल्याऔँ।”








