सल्यान, असोज १२ ।
रुकुम बाँफिकोटबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक हाईस (लु २ ख ६५०२) दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
गएराति करिब २ बजेतिर कपुरकोट–३ चोरखोलामा भएको दुर्घटनामा बाँफिकोट गाउँपालिका–५ का ६७ वर्षीय पबि केसी, २७ वर्षीय प्रकाश केसी र ३० वर्षीय शसिधर केसीको घटनास्थलमै मृत्यु भएको हो।
सडकबाट करिब ३ सय मिटर तल खसेको गाडीबाट घाइते दुई जनालाई उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज ११ गते आइतवार








