सल्यानी, असोज १२ ।
रुकुमबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट–३ चोरखोलामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई उद्धार गरी उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त सवारीसाधन सडकबाट करिब तल खसेको बताइएको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असोज ११ गते आइतवार








