२०८२ फाल्गुन २९ गते शनिवार

“एआईजी कार्की बनेलगत्तै फरार भुटानी शरणार्थी अभियुक्त दुलाल र भण्डारी पक्राउ”




जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त केशव प्रसाद दुलाल र सानु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीले जिम्मेवारी सम्हाल्नासाथ कारागारबाट फरार कैदीबन्दीलाई खोजतलास गरी नियन्त्रणमा ल्याउने विशेष अभियान सञ्चालन गरेका थिए। सो अभियान अन्तर्गत दुलाल र भण्डारी पक्राउ परेका हुन्।
यसअघि लुम्बिनी प्रदेशमा रहँदा पनि कार्कीले फरार अपराधीलाई पक्राउ गर्ने काममा सक्रिय भूमिका निभाएका थिए। त्यस्तै, काठमाडौं प्रहरी परिसर प्रमुख रहँदा भुटानी शरणार्थी प्रकरणमा दुलाल र भण्डारीसहितका अभियुक्तविरुद्ध अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेका थिए। संयोगवश, कार्की एआईजी बनेर उपत्यका प्रहरी प्रमुख बनेलगत्तै उनीहरू फेरि पक्राउ परेका हुन्।

प्रकाशित मिति : २०८२ असोज ८ गते बिहिवार