२०८३ बैशाख ३० गते बिहिवार

वडा अध्यक्ष पक्राउ



असोज ६, २०८२

सर्लाहीको पर्सा गाउँपालिका–४ का वडाध्यक्ष सुबोध राय यादवलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवले चार जना शंकास्पद व्यक्तिको नाममा नागरिकता बनाउन झूठा विवरण पेश गरी सिफारिस गरेका थिए। यसबारे जिल्ला प्रशासन कार्यालय सर्लाहीको चलानी नं. ११२९१, मिति २०८१ असार ३ गतेको पत्रानुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।
यस प्रकरणलाई नागरिकतासम्बन्धी कसुर मुद्दाका रूपमा जिल्ला अदालत सर्लाहीमा दर्ता गरिएको छ। अदालतबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यादवलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो

प्रकाशित मिति : २०८२ असोज ५ गते सोमवार