२०८३ बैशाख १६ गते बिहिवार

न्यु भिजन परम्परा युवा क्लबद्वारा हाजिरीजवाफ र बेलुन फुटाउने प्रतियोगिता सम्पन्न



असोज ४,  दाङ

  नजिकिँदो बडादशैंलाई मध्यनजर गर्दै न्यु भिजन परम्परा युवा क्लब ले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र मनोरञ्जनका लागि हाजिरीजवाफ तथा बेलुन फुटाउने प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको छ।

उत्साहजनक सहभागिता

मनकामना टोलमा आयोजित कार्यक्रममा सयौं विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरूलाई ज्ञान, सामान्य जानकारी र प्रस्तुतिकरणतर्फ प्रेरित गर्‍यो भने बेलुन फुटाउने प्रतियोगिताले साना उमेरका सहभागीहरूमा रमाइलोपन थप्यो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र आकर्षक पुरस्कार प्रदान गरियो। क्लबले सबै विजेताहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्‍यो। साथै, यसपटक स्थान नपाएका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ राम्रो तयारीसहित सहभागी हुन प्रोत्साहन गरेको छ।

हाजिरीजवाफ विजेता

प्रथम स्थान: खगेन्द्र थापा, रोशन सेन्चुरी, महेश केसी, मन्जु केसी, प्रेङ्का बुढाथोकी

द्वितीय स्थान: अस्मिता बिक, ज्ञानबहादुर मल्ल, शिरीष केसी, पूर्णिमा दाहाल, दिलिप थापा

तृतीय स्थान: हेमन्त केसी, विजय पुन, केशव परियार, निशा शर्मा, मिनष रावत

बेलुन फुटाउने विजेता

प्रथम स्थान: विष्णु भण्डारी

द्वितीय स्थान: प्रजिना भुसाल

तृतीय स्थान: निर्मल रावत

कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने पुरस्कार सौजन्यदाता रमेश डाँगी, त्रिवेणी सामुदायिक वन, मनकामना टोल, गहते टोल, त्रिवेणी टोल तथा सक्रिय महिला समूहलाई क्लबले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै, उपस्थित सम्पूर्ण बुद्धिजीवी, समाजसेवी र सहभागीहरूलाई पनि हार्दिक आभार प्रकट गरिएको छ।

क्लबले भविष्यमा पनि यस्तै सकारात्मक रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको

प्रकाशित मिति : २०८२ असोज ३ गते शनिवार