२०८२ भाद्र ३१ गते बुधवार

वडामा पहुँच र दबाबका आधारमा कार्यालय सहयोगी नियुक्त



.
तुलसीपुर (दाङ) ।
तुलसीपुर उपमहानगरपालिका–१ को वडाकार्यालयमा स्थायी कर्मचारी रहँदै पहुँचका आधारमा अर्को कार्यालय सहयोगी नियुक्त गरिएको तथ्य बाहिर आएको छ।
स्थानीयले यो कदमलाई चरम लापरबाही र कानुन उल्लंघन भन्दै आपत्ति जनाएका छन्। प्रचलित कानुनअनुसार कर्मचारी नियुक्ति खुला प्रतिस्पर्धा वा प्राधिकृत निकायको सिफारिसबाट मात्र गर्न सकिने व्यवस्था छ। तर यो प्रकरणमा कुनै प्रक्रिया नअपनाई, पहुँचका भरमा करार कर्मचारी भर्ना गरिएको आरोप छ।
एक स्थानीयले भने, “स्थायी सहयोगी हुँदा–हुँदै अर्को ल्याउनु भ्रष्टाचारको नयाँ ढाँचा हो।”
यस विषयमा वडाध्यक्षको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। कानुनविद्हरू भने स्पष्ट छन्—यस्तो नियुक्ति अमान्य हुन्छ। स्थानीयले तत्काल नियुक्ति खारेज र जिम्मेवार अधिकारीमाथि कारबाही माग गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते बुधवार