२०८३ साउन ११ गते मङ्गलवार

खकेन्द्र डाँगी उपचारका लागि दुई लाख १६ हजार अमेरिका बाट सहयोग



तुल्सीपुर–३ शिरखोलाका खकेन्द्र डाँगी लामो समयदेखि नशासम्बन्धी र मेरुदण्डसम्बन्धी रोगले थला परेका छन्। हिँडडुल गर्नसमेत कठिनाइ भएका खकेन्द्र आर्थिक रूपमा पनि  निकै कमजोर अवस्था छन । पछिल्लो समयमा अमेरिकामा बस्ने गणेश डाँगीको नेतृत्वमा सहयोग रकम संकलन गरी उनलाई  घरमै गई हस्तान्तरण गरिएको छ।

दुई लाख १६ हजार रुपैयाँ रकम खकेन्द्रको घरमै गएर वडा अध्यक्ष वीरबहादुर विकको रोभर मार्फत र नरेन्द्र कुमार डाँगीको हातबाट हस्तान्तरण गरिएको थियो।

कार्यक्रम राप्ती सञ्चार अनलाइनका सम्पादक विप्लव ओलीको अध्यक्षतामा कार्यक्रम भएको थियो। प्रमुख अतिथि तुल्सीपुर–३ का वडा अध्यक्ष वीरबहादुर विक, विशिष्ट अतिथि राजेन्द्र महतरा, भैरव सामुदायिक वनका अध्यक्ष नारायण डाँगी, झरना विकास टोलका अध्यक्ष मोहलाल आले, राप्ती सञ्चार अनलाइन का गोविन्द भुसाल, सन्तोष ओली लगायतले आफ्नो भनाइ राख्नुभयो थियोे

खकेन्द्र डाँगीले सहयोग गर्ने सबै दाताहरूलाई धन्यवाद व्यक्त गर्दै अझै सहयोगको अपील गर्नुभयो थियोे । वडा अध्यक्ष विजय विकले यस्ता दुःखी, पीडित व्यक्ति र सम्पूर्ण नागरिकलाई सहयोग गर्न आग्रह गर्दै अभियानमा आफुहरू पनि रहेकाे बताउनु भएको थियो  नारायण डागीको स्वागत स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सामाजिक अभियान्ता शंकर भुसालले गर्नुभएको थियो।

सहयोग गर्ने सहयोगी दाताहरू

  1. अजय डाँगी — $50
  2. अशिष डाँगी — $101
  3. बालकृष्ण भण्डारी — $129
  4. बनायक डाँगी — $40
  5. विषाल बस्नेत — $40
  6. चन्द्र खड्का — $40
  7. चेतन ओली — $41
  8. दबी पाण्डे — $50
  9. दीपक के.सी. — $35
  10. दीर्घ बि. थापा — $31
  11. गणेश डाँगी — $115
  12. गणेश हमाल — $51
  13. गोपाल खड्का — $56
  14. हितेश डाँगी — $50
  15. जीवन गुरुङ — $36
  16. कुशल बस्नेत — $51
  17. मधुसुदन के.सी. — $50
  18. मनोज गुरुङ — $42
  19. मोहन ओली — $35
  20. मोतिराम पुन — $41
  21. पिताम्बर बुढाथोकी — $41
  22. रामकृष्ण बुढाथोकी — $30
  23. रामेश गुरुङ — $41
  24. रोशन गुरुङ — $41
  25. सन्दीप पोख्रेल — $50
  26. सनील पुन — $30
  27. शरद के.सी. — $51
  28. शिव भण्डारी — $30
  29. सुनिल कण्डेल — $30
  30. तजेन्द्र के.सी. — $55
  31. तुफान चन्द — $41.11
  32. युवराज ओली — $41

सहयोग अभियान निरन्तर जारी रहँदैछ र खगेन्द्र डाँगीको उपचारमा थप सहयोग गर्न सबैसँग अपील गरिएको छ।सहयोग काे लागि ९८४७८७६०६४

प्रकाशित मिति : २०८२ भाद्र ६ गते शनिवार