२०८२ असोज १ गते बिहिवार

तुलसीपुर–३ रानागाउँमा यहि भदौ १० गते का दिन तीज विशेष नृत्य प्रतियोगिता हुने



तुलसीपुर–३, रानागाउँस्थित शिव मन्दिर परिषद् परिसरमा आउँदो तीजको दिन महिलामाझ नृत्य प्रतियोगिता हुने भएको छ।

शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली महतराका अनुसार प्रतियोगितामा रानागाउँका पाँच टोल र महिला दिदिबहिनी समूह बीच प्रतिस्पर्धा हुनेछ। विजेतालाई क्रमशः   प्रथम पुरस्कार रु. २५००, द्वितीयमा रु. २००० र तृतीयमा रु. १५०० पुरस्कार चौथो पुरस्कार १०००  र पाँचौं पुरस्कार ५०० पुरस्कार  प्रदान गरिनेछ।

समितिले महिलाहरूको महान् चाड तीजलाई अझ रमाइलो बनाउन र मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जनाएको छ। साथै, मौलिक भेषभूषा र परम्परागत शैली झल्काउने नृत्यलाई प्राथमिकता दिइने पनि जानकारी दिइएको छ।

यस विषयमा आज सम्पन्न बैठकमा समाजसेवी तथा बुद्धिजीवी सोमराज महतरा, समाजसेवी तथा नेता खेमराज महतरा, भैरव सामुदायिक वनका अध्यक्ष नारायण डाँगी, मिन रासकोटी, गुरु प्रसाद घर्ती, समाजसेवी तथा युवा व्यवसायी राजेन्द्र महतरा र नवजागृति सहकारी संस्थाका अध्यक्ष बासुराम ओली लगायतले आफ्ना विचार प्रस्तुत गरेका थिए।

बैठकमा पिङ निर्माणको नेतृत्व तेजकुमार केसी, मन्दिर सरसफाइको नेतृत्व नारायण डाँगी र साउन्ड सिस्टमको नेतृत्व राजेन्द्र महतरालाई दिने निर्णय गरिएको छ।

त्यसैगरी, यही शनिबार मन्दिर परिसरमा सरसफाइ र रंगरोगन गर्ने कार्यक्रम समेत तय गरिएको समितिले जनाएको छ। कार्यक्रमको सहजीकरण मन्दिर व्यवस्थापन समितिका सचिव नवराज केसीले गर्नुभएको थियो

प्रकाशित मिति : २०८२ भाद्र ४ गते बिहिवार