२०८२ असोज १ गते बिहिवार

भोजराज थापाले जितेन्द्र शाहको पक्षमा लेख्दै नरुलाल विरुद्ध खनिए



दाङ । युटुबर भोजराज थापाले घोराही ८ का वडा अध्यक्ष जितेन्द्र शाहलाई पदमुक्त भएपछि शाहको पक्षमा फेसबुकमा लेख्दै घोराही उप महानगरका प्रमुख नरुलाल चौधरी विरुद्ध खनिएका छन ।

थापाले फेसबुकमा लेख्दै भनेका छन-`जनताको लागि खट्ने यि वडा अध्यक्षलाई एमाले छाडेर स्वतन्त्र भएकै कारण आज मेयरले पद मुक्त बनाएका छन्। जितेन्द्र शाहले दुई वर्ष अगाडि पार्टीमा बसेर काम गर्ने वातावरण नै भएन भन्दै राजीनामा पत्र बुझाएका थिए तर त्यतिबेला पत्रमा हस्ताक्षर छैन भन्दै राजीनामा अस्वीकृत गरिएको थियो। त्यसपछि जितेन्द्र शाहले एमाले पार्टी छाडेर स्वतन्त्र रुपमा जनताको मर्म अनुसार काममा खटिन थाले, दिन रात नभनी जनताको दुःख सु:खको सारथी बन्न थाले, जितेन्द्रलाई जनताको प्यारो हुदै गएको देखेपछि,एक्कासी अहिले आएर (२ बर्षपछि) घोराही उपमहानगरपालिकाका मेयर नरूलाल चौधरीले तपाईंको राजीनामा स्वीकृति भो भन्दै पदमुक्त गराएका छन्। जनताको मतको कदर सम्म नगर्ने त्यस्ता मेयरलाई साईजमा ल्याउने काम अब ८४ मा हुनेछ। नआतिनुस् जितेन्द्र जी ८४ मा ल्याईन्छ, यसको बदला। तपाई निरन्तर जनताको काम गर्नुस्। जनता सबै सधै तपाईकै पक्षमा छन्।´

प्रकाशित मिति : २०८२ भाद्र १ गते सोमवार