२०८२ मङ्सिर २२ गते सोमवार

दाङका पत्रकार सागर सुवेदीले चलचित्र ‘जदौ’मा अभिनय गर्ने




दाङ, २२ साउन ।
अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा दाङ तुलसीपुरका पत्रकार सागर सुवेदी कलाकारको रूपमा अनुबन्धित भएका छन्। पेशाले पत्रकार रहेका सुवेदीले पहिलो पटक चलचित्रमा अभिनय गर्दैछन्।

विगत केही वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका सुवेदीले अभिनयमा रुचि राख्दै आएका थिए। चलचित्र ‘जदौ’ मा उनले पत्रकारकै भूमिका निर्वाह गर्नेछन्। “पत्रकारिता मेरो पेशा हो, तर अभिनय मेरो रुचिको क्षेत्र हो,” सुवेदीले भने, “यो चलचित्रले मलाई दुवै भूमिकामा प्रस्तुत हुने मौका दिएको छ।”

अन्तरजातीय प्रेमसम्बन्धको कथामा आधारित चलचित्र ‘जदौ’ ले समाजमा भइरहेका विविध घटनालाई चित्रण गर्ने निर्माण टिमले जनाएको छ। चलचित्रको छायांकन भदौको पहिलो साताबाट सुरु गरिने तयारी रहेको र चलचित्र दाङको सेरोफेरोमा छायांकन हुनेछ।

कलाकारको रूपमा पहिलोपटक पर्दामा देखिन लागेका सुवेदीको अभिनयले नयाँ ऊर्जा र प्रेरणा दिने विश्वास गरिएको छ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’ काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्नेछ ।

प्रकाशित मिति : २०८२ साउन २२ गते बिहिवार