तुल्सीपुर ३ दमारगाउँ निवासी विगत लामो समयदेखि दुवै मृगौलाले काम गर्न छाडेर उपचार गराइरहेका गणेश गुरुङ को उपचारकाे लागि अमेरिका बस्ने नेपालीहरूले सहयोग गरेका छन्।
नमुना युवा समाज क्यालिफोर्निया अमेरिका टिमबाट पीडित गणेश बचाउ अभियान खाता हाम्रो टिमबाट सहयोग गरिएको बताएका छन्। टिमका संयोजक टेकराज केसीले आगामी दिनमा पनि सहयोग गर्ने र सम्पूर्ण देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गर्न समेत आग्रह गरेका छन् अमेरिका बस्ने टेकराज केसिको पहलमा विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए

दुवै मृगौलाले काम गर्न नसकेपछि विगत लामो समयदेखि गुरुङ काठमाडौं उपचार गर्दै आएका छन आर्थिक अवस्था कमजोर भएका कारण निरन्तर उपचार गर्न समस्या भएकाले उपचारमा सहयोग गर्न बिरामी गुरुङ अनुरोध समेत गरेका छन। उनले भने ‘नियमित उपचारका कारण मैले आर्थिक अभाव झेल्नु परिरहेको छ। यहाँहरूको सहयोगले उपचारमा केही सहज हुने नै छ। साथै थप उपचारका निम्ति थप सहयोग आवश्यक पर्ने भएकोले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।’ मृगौला प्रत्यारोपणका लागि कम्तिमा १५ देखि २० लाख लाग्ने भएको छ वडा अध्यक्ष वीर बहादुर बि,क ले जानकारी दिनुभएको छ
