२०८२ मङ्सिर २२ गते सोमवार

दाङ तुलसीपुरमा कुकुरको मृत्युपछि वडा सदस्यले गरे ९ दिनको किरिया



दाङको तुलसिपुर उपमहानगरपालिका–१७ का वडा सदस्य शशीधर पौडेलले आफूले ९ वर्षदेखि पाल्दै आएका कुकुरको निधनपछि ९ दिनसम्म किरिया गरेका छन्। पौडेलले कुकुरलाई आफ्नै परिवारको सदस्यसरह माया गर्दै आएका थिए, र मृत्युपछि हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरेर किरिया समेत सम्पन्न गरेका हुन्।

पौडेलका अनुसार कुकुरले विगत नौ वर्षदेखि साथ दिँदै आएकोले ऊप्रति श्रद्धा प्रकट गर्न किरिया गर्नु उचित ठाने। “ऊ मेरो ज्यानभन्दा प्यारा थियो, उसले दिएको माया, साथ र सुरक्षा अविस्मरणीय छ,” उनले भने।

स्थानीयहरूले पौडेलको यो भावुक कदमलाई पशुप्रेमको अद्वितीय उदाहरणका रूपमा हेरेका छन्। कतिपयले सामाजिक सञ्जालमा यो घटना साझा गर्दै मानवीय संवेदनशीलता र पशुप्रेमको गहिरो सन्देश फैलिएको बताएका छन्।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार