
तुलसीपुर, १९ असार । पश्चिम दाङको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख बरिष्ठ सई दल बहादुर बुढालाइ जिम्मेवारीबाट हटाईएको छ । बरिष्ठ सई बुढा इप्रका हेकुलीको प्रमुखको रुपमा गएको १ महिनामै उनको जिम्मेवारी खोसिएको हो । गत जेठ १४ गते मात्रै कार्यालय प्रमुखको रुपमा हाजिर भएका बरिष्ठ सई बुढा बिवादमा मुछिन थालेपछी त्यहाबाट तानिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए । उनीमाथी हेकुली गएको १ हप्तामै ट्याक्टर व्यवसायीहरुलाई बारम्बार फोन गरेर रकम माग गरेको आरोप लागेको थियो ।
प्रकाशित मिति : २०८२ असार १८ गते बिहिवार