२०८३ बैशाख ३० गते बिहिवार

तुलसीपुर ४ का युवा व्यवसायी बसन्त कुमार खड्का द्वारा खेलाडीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण



दाङको तुलसीपुरका युवा व्यवसायी बसन्त कुमार खड्काले खेलाडीहरुलाई खेलकुदका सामाग्री वितरण गर्नुभएको छ । तुल्सीपुर–४ निवासी खड्काले रक्षाचौरस्थित गन्धर्व समुदायका खेलाडीहरुलाई फुटबल तथा डस्टबिन टिसर्टलगाएतका सामाग्री वितरण गर्नुभएको हो । आज एक कार्यक्रमका बिच उक्त खेलखुदका सामग्री वितरण गर्दै उहाँले खेलखुदका माध्यमबाट एउटा स्वस्थ समाज निर्माण गर्न सकिनेमा जोड दिनुभयो साथै खेल र खेलाडीको स्तर वृद्धि गर्दै लैजान सके अझै राम्रो हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । गन्धर्व बस्तीका खेलाडीहरूले सहयोग गरेकोप्रति खड्कालाई धन्यवाद ज्ञापनसमेत गरेका छन् । कार्यक्रममा स्थानीय युवा नेता, युवा व्यवसायी टोलहरूका अध्यक्षहरू खेलपेमीहरू लगायतको सहभागिता रहेको थियो ।।

प्रकाशित मिति : २०८२ असार १८ गते बिहिवार