२०८२ असार २६ गते शुक्रवार

सल्यानको चोरखोलामा पहिरो खस्दा राप्ती राजमार्ग पुर्ण रुपमा अवरुद्ध



सल्यानको चोरखोलामा पहिरोले राप्ती राजमार्ग अवरुद्ध
दाङ तुलसीपुरबाट सल्यान हुँदै रुकुम जाने राप्ती राजमार्ग सल्यानको कपुरकोट गाउँपालिका–३, चोरखोला स्थित पहिरोका कारण अवरुद्ध भएको छ । आज दिनभरको निरन्तर वर्षाले पहिरो खस्दा सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले मलाई जानकारी दिएको छ

सडक अबरुद्ध भएपछि दाङ, सल्यान, रुकुम जोड्ने प्रमुख यातायात मार्गमा सवारी आवागमन ठप्प भएको छ । कपुरकोट प्रहरी चौकीका अनुसार पहिरो हटाउन जेसिबी पठाइएको भए पनि कतिबेला सम्म सडक खुल्छ भन्ने यकिन गर्न सकिने अवस्था छैन । लगातार वर्षा भइरहेकाले पहिल हटाउन गाह्रो भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ असार १५ गते सोमवार