२०८२ असार २६ गते शुक्रवार

तुल्सीपुर ७ श्रीगैं रहेको त्रिदेव बोर्डिङ स्कुलले विश्व लागू पदार्थ ओसारपसार विरुद्धको सचेतनामूलक सम्पन्न



तुल्सीपुर ७ मा रहेको त्रिदेव बोर्डिङ स्कुल विश्व लागू पदार्थ ओसारपसार विरुद्धको दिवस आज नयाँ पाइला पुनस्थापना केन्द्र नयाँ पाइला पुनस्थापना केन्द्र तुलसीपुरका कार्यकारी निर्देशक सुरेश भुसालले अहिले युवा पिढीहरु लागू औषध दुरुपयोग र अवैध ओसारपसारको सिकार भइरहेको हुदा सचेत हुनुपर्ने बताएका थिए ।

विद्यार्थीलाई लागू औषध दुरुपयोग भनेको के हो ? यसबाट बच्न के गर्नुपर्छ ? यसका प्रभावहरुको बारेमा पनि जानकारी दिएका थिए । अहिले धेरै युवाहरू मानसिक तनाव, पारिवारिक, आर्थिक, साथी संँगतको कारणले गर्दा पनि लागू औषधमा परिरहेको बताएका थिए । नयाँ पाइला पुर्नस्थापना केन्द्रले स्थापना काल देखि हाल सम्म  १ हजार ४ सय ८३ जना पुरुषला  उपचार गरिसकेको जानकारी दिईएको थियो ।
विद्यार्थीहरु लागू औषधमा फसेमा उनीहरूले जीवनमा आउने चुनौती सङ्ग सामना गर्ने सक्ने आट र साहस नहुने भएको हुदा उनीहरूलाई समयमै सचेत बनाउनको लागि उक्त स्थानमा लगेर अन्तरक्रिया गरिएको हो। त्यस अवसरमा विद्यालयका प्रिन्सिपल मनोज हमाल पदमा शर्मा सन्दीप ओली पोषण वलि लगायत सहभागिता रहेको थियो । कक्षा ९ र १० का विद्यार्थी सहभागी रहेका थिए।

प्रकाशित मिति : २०८२ असार १२ गते शुक्रवार