२०८२ असार २६ गते शुक्रवार

श्री अम्बेकीश्वरी माध्यमिक विद्यालय, लाई शैक्षिक सामग्री वितरण



श्री अम्बेकीश्वरी माध्यमिक विद्यालय, तुलसीपुर–अम्बापुर, एक सामुदायिक विद्यालयमा अध्ययनरत जेहेनदार तथा आर्थिक रूपमा कमजोर अवस्थाका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ नेपाल टेक्वान्दो सङ्घ लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा समाजसेवी मोहन सुनार आज एक कार्यक्रमका बीच व्यक्तिगत पहलमा गरिएको उक्त सहयोगबाट विद्यार्थीहरू अत्यन्तै उत्साहित र प्रसन्न देखिएका थिए सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै सुनार ले शिक्षा क्षेत्रमा देखाउनुभएको रुचि र योगदानले समाजमा सकारात्मक सन्देश दिएको छ। यस्तो सद्भावनायुक्त कार्यले आर्थिक अभावले थिचिएका विद्यार्थीहरूलाई आत्मबल दिनुका साथै पढाइप्रति अझ प्रेरित बनाउने अपेक्षा गरिएको छ।
विद्यालय प्रशासन, अभिभावक तथा विद्यार्थीहरूले पनि यो सहयोगप्रति सुनारलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए। सुनार विभिन्न सामाजिक काम र गरिब दुखलाई सहयोग गर्दै आएका छन्

प्रकाशित मिति : २०८२ असार ११ गते बिहिवार